Home Career Guidance
Career Guidance

Tue Oct 18 2022

Career Guidance

वृत्ति मार्गनिर्देशन (Career Guidance): एक परिचय

नेपालमा वृत्ति छनोट गर्ने मुख्य आधार प्रतिस्पर्धात्मक परीक्षाको प्राप्ताङ्क नै हो । परीक्षामा उच्चतम अङ्क हाँसिल गर्ने विद्यार्थीहरुको रोजाई चिकित्साशास्त्र वा इन्जिनियरिङ हुने गर्छ । आम अभिभावक र शिक्षकले पनि त्यस्ता विद्यार्थीको रुचि र खुबीका विषयमा विचार नगरी उनीहरुले यिनै विषय छनौट गरुन् भन्ने अपेक्षा राख्छन् । नेपालमा ज्यादै कम युवालाई यहाँ सम्भव भएका वृत्तिमार्गहरुबारे पूर्ण जानकारी छ । आफ्नो सुन्दर भविष्यको सपना संगालेका युवाहरुमा पनि वृत्तिमार्गका लागि आवश्यक योग्यता तथा शिक्षालयको बारेमा आवश्यक जानकारी नहुन सक्छ ।

सही वृत्तिमार्ग छनोटका लागि त्यस सम्बन्धी जानकारी आवश्यक पर्छ । विद्यालयमा बालबालिकालाई उचित तवरले वृत्तिमार्ग निर्देशन उपलब्ध हुनुपर्छ । त्यसो भएमा उनीहरु आफूलाई सुहाउँदो वृत्तिपथ छनौट गर्न, आवश्यक योग्यताका बारेमा जानकारी प्राप्त गर्न र यसका लागि उत्साहका साथ लाग्न समर्थ हुन्छन् । यसले गर्दा उनीहरु रुचि अनुसारका मिल्दाजुल्दा अन्य पेसाका बारेमा पनि जानकारी बटुल्न सक्ने थिए ।

भ्ल्क्क्ग्च्भ् परियोजनाले समाजमा विभिन्न पेसाका महत्व बारेमा सचेतना फैलाउने कार्य गर्छ । सामाजिक परिपाटीहरु दुरुस्त रुपमा चल्नका लागि पेसाकर्मीहरुको योगदान, श्रम बजारको माग अनुसार नयाँ वृत्तिका सम्भावनाहरु बारे सुसूचित गराउने कार्य पनि यसले गर्छ । वृत्ति विकासको क्रममा अभिभावक तथा विद्यार्थीहरुलाई सुसूचित निर्णय लिन सक्षम बनाउने उद्देश्य यी गतिविधिहरु सञ्चालित छन् ।

२. लक्षित समूह

विद्यालय जाँदै गरेका बालबालिकाहरु

३. कार्यान्वयन विधि

  • विद्यालयहरुमा वृत्ति मार्गनिर्देशन सत्र
  • वृत्ति मार्गनिर्देशन सूचना केन्द्र
  • वृत्ति मेला

३. क) विद्यालयमा वृत्ति मार्गनिर्देशन कार्यक्रम

  • भ्ल्क्क्ग्च्भ् परियोजनाले वृत्ति मार्ग पहिल्याउन आवश्यक भएका सबैजनालाई समेट्ने उद्देश्य लिएको भएता पनि हाल विद्यालयहरुमा मात्र सिमित गरेको छ । वृत्ति मार्गनिर्देशन कार्यक्रमका विशेषताहरु निम्न छन् ।
  • वृत्ति मार्गनिर्देशन कार्यक्रम सामुदायिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरिएको छ । यो कार्यक्रममा भविष्यमा निजी विद्यालयहरुलाई पनि समेट्न सकिने व्यवस्था छ ।
  • प्रशिक्षित वृत्ति मार्गनिर्देशन सहजकर्ताहरुबाट सहजीकरण सत्रहरु सञ्चालन हुन्छ ।
  • छनोट भएका सामुदायिक विद्यालयबाट दुई शिक्षक (महिला र पुरुष) लाई वृत्ति मार्गनिर्देशन सत्र सञ्चालनका लागि प्रशिक्षण दिइन्छ ।
  • प्रशिक्षित दुई शिक्षक र एक वृत्ति मार्गनिर्देशन सहजकर्ता समूहले वृत्ति मार्गनिर्देशन सत्र सञ्चालन गर्छन् ।
  • वृत्ति मार्गनिर्देशन अन्तर्गत छ वटा सत्रहरु सञ्चालन गरिन्छन् ।
  • कक्षा ९ मा वृत्ति मार्गनिर्देशन सत्रमा सहभागी विद्यार्थीहरुलाई उनीहरु कक्षा १० मा पुगेपछि एउटा फलो-अप सत्र सञ्चालन गरिन्छ ।

३. ख) वृत्ति मेला

वृत्ति मेला रोजगारीको खोजीमा रहेका युवा र कुनै रोजगारीमा रहेका व्यक्ति लक्षित कार्यक्रम हो । श्रम बजार प्रवेशको क्रममा रहेका नवप्रवेशी, कुनै पेसामा रहे पनि विभिन्न कारणले वैकल्पिक रोजगारको खोजीमा रहेका, वैदेशिक रोजगारमा जान चाहने र वैदेशिक रोजगारबाट फर्किई स्वदेशमा नै रोजगारमा सम्लग्न हुन चाहने व्यक्तिका साथै रोजगारदाता एवं तालिम प्रदायक संस्थालाई एउटै थलोमा ल्याई रोजगार प्राप्त गर्न वा रोजगारका लागि आवश्यक सीप प्राप्त गर्न यो मेलाले सहजीकरण गर्छ । मेलामा रोजगारीको खोजीमा रहेकाहरुलाई सम्भावित नयाँ वृत्ति, वृत्तिपथ, तालिम प्रदायक र अन्य सरोकारवालाका बारेमा जानकारी दिइन्छ । मेलापछि पनि उनीहरुले थप जानकारीका लागि तालिम प्रदायक र सरोकारवालासँग सम्पर्क गर्न सक्छन् ।

३. ग) वृत्ति मार्गनिर्देशन सेवा केन्द्र

ENSSURE परियोजनाले रोजगारीको खोजीमा रहेका व्यक्तिलाई सहयोग गर्ने उद्देश्यले वृत्ति मार्ग निर्देशन सेवा केन्द्र सञ्चालन गरिरहेको छ । वैदेशिक रोजगारीमा जान चाहने र वैदेशिक रोजगारबाट फर्किएर देशमै रोजगारमा सम्लग्न हुन चाहने व्यक्ति या उनीहरुका परिवारजन तथा अभिभावकहरु सेवा केन्द्रका लाभग्राही छन् । केन्द्रले सेवाग्राहीलाई उनीहरुको चाहना र आवश्यकता अनुसार वृत्ति मार्गनिर्देशन प्रदान गर्छ । सेवा केन्द्रबाट वृत्ति मार्गनिर्देशन, वृत्ति निर्देशन, कुनै पनि पेसाका बारेमा विस्तृत जानकारी, कुनै पनि व्यवसायिक, प्राविधिक या अन्य वृत्तिको उपयुक्तताका लागि स्वमूल्यांकनका साधन उपलब्ध गराइन्छ । स्थानीय सरकारसँग सहकार्य गर्दै उद्योग व्यवसायी तथा अन्य सरोकारवालाहरुको सहयोगमा यो कार्यक्रम सञ्चालित छ ।

परियोजनाबारे

दिगो तथा सम्मानित रोजगारीका लागि सीप (Enhanced Skills for Sustainable and Rewarding Employment - ENSSURE) परियोजना नेपाल सरकार तथा स्वीस सरकारको सहकार्यमा पहिलो चरणमा सन् २०१६ देखि २०२२ सम्म सञ्चालन भएको थियो । यस क्रममा प्राप्त सिकाइहरुलाई आधार बनाउँदै परियोजनाको दोस्रो चरण सन् २०२१ देखि २०२५ सम्मको लागि सञ्चालित छ । परियोजनाको पहिलो चरणको कार्यान्वयन प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (CTEVT) ले गरेको थियो । दोस्रो चरण संघीय स्तरमा परिषदले तथा प्रदेश स्तरमा सम्बन्धित सामाजिक विकास मन्त्रालयमार्फत कार्यान्वयन भइरहेको छ । त्यसैगरी स्थानीय तहमा नगरपालिकाहरुले परियोजनाका गतिविधिहरुको कार्यान्वयन गरिरहेका छन् । परियोजनाको दुवै चरणमा हेल्भेटास नेपालको प्राविधिक सहयोग रहँदै आएको छ । विद्यालयमा वृत्ति मार्ग निर्देशन कार्यक्रम भ्ल्क्क्ग्च्भ् को उप-अवयव अन्तर्गत सञ्चालन भइरहेको छ ।